रुसमा १० लाखलाई दिइयो कोरोनाविरुद्धको ‘स्पुट्नीक भी’ खोप

रुसमा १० लाखलाई दिइयो कोरोनाविरुद्धको ‘स्पुट्नीक भी’ खोप

एजेन्सी : रुसमा १० लाखभन्दा बढी मानिसलाई कोरोना भाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ ।

उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो । यसअघि कोरोना भाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस पनि अग्रपंक्तिमा थियो। जसले गत अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि खोप विकास गरेको घोषणा गरेका थिए ।

खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुट्नीक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि बताएका थिए ।

रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ । रुसी विज्ञहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् ।

कोरोना विरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा संक्रमित थपिने क्रम भने जारी छ । रुसमा अहिलेसम्म ३३ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण विश्वभरमा अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •