‘परिवर्तन विशेष सम्मान’बाट चलचित्र निर्देशक बिश्वदीप घिमिरे सम्मानित

‘परिवर्तन विशेष सम्मान’बाट चलचित्र निर्देशक बिश्वदीप घिमिरे सम्मानित

काठमाडौं । हरितारा चलचित्र पुरस्कार एवम् श्री दुर्गा देवि-पुण्य निरौला स्मृती तथा परिवर्तन सम्मान – २०७७ आयोजक संस्था परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको संयोजकत्वमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा वि.सं. २०५६ देखि निरन्तर रुपले परिवर्तन नेपालसँग आवद्ध रही रंगमञ्च, टेलिभिजन तथा नेपाली चलचित्रमा लेखन, निर्देशन तथा अभिनय कला देश र जनतामा प्रस्तुत गरि चलचित्र क्षेत्रको संरक्षण तथा विकासमा पुर्याएको योगदान तथा नियमितताको मूल्यांकन गर्दै चलचित्र निर्देशक विश्वदीप घिमिरेलाई परिवर्तन विशेष सम्मानद्वारा सम्मानित गरिएको छ ।

आफ्नो सृजनाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली चलचित्रको पहिचानमा घिमिरेले पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको अध्यक्ष निरौलाले बताए । ‘परिवर्तन विशेष सम्मान कार्यक्रम’ परिवर्तन नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •