June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण , ७ जनाको मृत्यु

काठमाडौं, पुस २० । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Advertisement


सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित् संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ।