जेफ बजोस र इलन मस्कको सम्पति २ खर्ब १७ अर्ब डलर बढ्यो

जेफ बजोस र इलन मस्कको सम्पति २ खर्ब १७ अर्ब डलर बढ्यो

काठमाडौं : कोरोना महामारीका कारण अधिकांश अमेरिकीहरु जीविकोपार्जनका लागि संघर्ष गरिरहेका बेला विश्व धनाढ्यहरुको सम्पतिमा भने ऐतिहासिक वृद्धि भएको छ ।

सन् २०२० मा विश्व अर्थतन्त्र कारोना महामारीको चपेटामा पर्यो । कयौंले रोजगारी गुमाए । हाल लाखौं अमेरिकी ट्रम्पले केही दिन अघि घोषणा गरेको २ हजार डलरको चेक कङ्ग्रेसबाट पास हुने पर्खाइमा छन् ।

तर सन् २०२० मा मात्र अमेजनका संस्थापक अर्बपति जेफ बेजोस र टेस्लाका मालिक इलन मस्क गरी २ जनाको सम्पति मात्र कुल २ खर्ब १७ अर्ब डलरले बढेको छ । यदि यी २ व्यक्तिले १ वर्षमा बढाएको सम्पति मात्र २ हजार डलरका दरले बाँड्ने हो भने १० करोड अमेरिकीलाई वितरण गर्ने पुग्ने देखिन्छ । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार विश्वकै सबैभन्दा धनी बेजोसको नेटवर्थ १ खर्ब ९० अर्ब डलर पुगेको छ ।

यस्तै, माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पर्दै टेस्लाका मालिक मस्क दोस्रो धनीमा उक्लिएका छन् । मस्कको नेटवर्थ १ खर्ब ७० अर्ब डलर पुगेको छ । ब्लुमबर्गका अनुसार यस वर्ष मस्कको सम्पति सबैभन्दा छिटो वृद्धि भएको छ । उनको सम्पतिको अधिकांश हिस्सा टेस्लाको सेयरले ओगटेको छ ।

यस वर्ष टेस्लाको सेयर भाउ ५००% भन्दा बढीले वृद्धि भएको छ । टेस्लामा मस्कको ७५% सेयर रहेको छ । यस्तै, महामारीका कारण रिटेल बिजनेसमा उछाल आएपछि अमेजनका मालिकको सम्पतिमा झन् वृद्धि भएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •