पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौँ– पत्नी सीताको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

मुम्बईस्थित ‘न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्ष्टिच्युट’मा उपचारका लागि दाहाल पत्नी सीतालाई लिएर नेपाल एयरलाइन्सको बिहान ११:२० को उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दाहालसँगै छोरीहरू रेणु र गंगा पनि भारत प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगिएको हो । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।

Facebook Comments Box
Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares