त्रिविले यसपटक हिउँदे बिदा नदिने

त्रिविले यसपटक हिउँदे बिदा नदिने

पुस ११ । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने जनाएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिएका छन् । प्राय त्रिविले हिउँदे बिदा पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिने गर्दथ्यो ।

कोरोना महामारीका कारण गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । रजिष्ट्रार डा. दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares