आजको मौसम
पौष १० । नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले देशभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । यसैगरी आज राति प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।