October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

जुम्लामा दुई दर्जन कांग्रेस र एमालेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जुम्लाको पातारासी गाउँपालिकामा २७ जना नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्  । मंगलबार पटमारा गाउँमा आयोजित कार्यक्रम उक्त गाउँका नेता तथा कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्  ।

सबैभन्दा बढी नेपाली कांग्रेस र एमालेबाट प्रवेश गरेका छन्  । भने, केहीले अन्य पार्टीबाट प्रवेश गरेका हुन्  । प्रवेशीहरुलाई माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्वागत गरेका थिए ।  प्रवेशीहरुले माओवादीको सिद्धान्त र विचारलाई आत्मसात् गर्ने बताएका छन्  ।

Advertisement