October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

काँग्रस एमाले परित्याग गरी १५० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेपाली काँग्रेस, एमाले लगायतका पार्टी परित्याग गरी १५० जना बढी स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन। उनिहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले विहीबार सिलगढीमा आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै नव प्रवेशीहरुलाईराताे टीका लगाई दिएका हुन्।

कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले संघीयता गणतन्त्र धर्म निर्पेक्षता समानुपातिक समावेशी सहभागिता लगायतका माओवादी ऐजेन्डालाई थप कार्यान्वयन गराउन पार्टी प्रवेश गर्नेहरुकाे आवद्धताले बल पुग्ने बताए । उनले यसअघिका सरकारले तीन दशकसम्म गर्न नसकेका काम प्रदेश सरकार गठन भएकाे तीन वर्षमै गरेकाे दावी गरे ।

Advertisement