October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

जसपाका केन्द्रीय परिषद् सदस्य सहित डेढ दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य पदमबहादु अस्थानी मगर ‘शरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

शनिबार माओवादी केन्द्र सिन्धुलीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मगरलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालले अबिर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको हो । उहाँसँगै जसपा र एमालेका १५ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको माओवादी केन्द्र सिन्धुलीका स्कुल विभाग प्रमुख  ज्वाला न्यौपाने पुकारले जानकारी दिनुभयो ।

जनयुद्धको बेला थुप्रै  युद्धमोर्चाको नेतृत्व गर्नुभएका मगर पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर समेत हुनुहुृन्छ । पछिल्लो समय डा. बाबुराम भट्टराईले माओवादी केन्द्र परित्याग गरी नयाँशक्ति पार्टी गठन गर्नुभए पछि मगर पनि सोही पार्टीमा लाग्नु भएको थियो ।

Advertisement