नेकपा विभाजनपछि प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा विभाजनपछि प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि अध्यक्ष पुष्पकमल दाहालसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।

बिहीबार बिहान साढे ९ बजे दाहाललाई भेट्न यान्छी खुमलटार पुगेकी थिइन् । दाहाल निकट स्रोतका अनुसार उनीहरुबीच करिब २० मिनेट छलफल भएको छ ।

दाहालसँग उनले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेको बताइएको छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि चिनियाँ राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

नेकपाभित्र देखिएको विवादका समयमा राजनीतिक भेटवार्तामा सक्रिय बन्दै आएकी यान्छीले पछिल्लोपटक नेकपा विभाजनको संघारमा आएपछि पुनः आफ्नो भेटवार्तालाई सक्रिय पारेकी हुन् ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares