January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन- १६ सय ३१ प्रतिनिधि सहभागी हुने, १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुङ्ग्याएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने भएको छ ।

केन्द्रले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍याएको हो । १० प्रतिशत मनोनय गर्दा १ सय ४८ जना प्रतिनिध छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने छ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । काठमाडौंमा आइतबारदेखि १३ गतेसम्म हुने सम्मेलनमा प्रदेश, विभिन्न संगठन र मनोनित गरि १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने स्थायी समिति बैठकले निर्णय गरेको हो ।

Advertisement