September 27, 2021, Monday
११ आश्विन २०७८, सोमबार

एमाले एकताको लागि माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका छन्।

Advertisement

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले १० बुँदे सहमति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

उनले भने‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’ त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेको ओलीले बताए।

‘किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्,’ ओलीले भने, ‘संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मन हालियो। यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो। तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु। म थाकेको छैन। एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको बताए ।