October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालन- नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि गठबन्धन दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालन गर्ने निर्णय गरेको छ। बुधबार पार्टीै मुख्यालय पेरिशडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ।

Advertisement

उनले गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै   हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको पनि बताए ।  ‘गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आव्हान गरेको छ र कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको छ’, बैठकपछि नेता श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै माओवादीले हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा जोड दिएको छ । माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारी तथा छलफलका लागि साउन २० गतेबाट केन्द्रीय कमिटी बैठक बस्ने माओवादीले बताएको छ।

सरकारमा जाने विषयमा भने बुधबारको बैठकमा कुनै छलफल नभएको माओवादी केन्द्रले जनाएको छ । तर सकेसम्म गठबन्धनका सवै शक्तिसँग छलफल गरेर सरकारलाई पूर्णता दिने माओवादीको निश्कर्ष छ । केन्द्रीय कमिटी बैठकको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने माओवादी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।