September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

ओलीका कार्यकर्ताले निकाले माधव नेपालको शवयात्रा

नेकपा एमालेको भातृ संगठन ‘युवा संघले’ पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन र शवयात्रा गरेको छ ।

Advertisement

पार्टी अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताहरूले नेपालको चर्को विरोध गर्दै शंख फुक्दै हरियो बाँसको खटमा पुतला राखेर शवयात्रा निकालेकाे हुन् । खटलाई बालकुमारी पुलमुनिको खोला किनारमा पुर्‍याएपछि एक युवकले बोटलमा रहेको पेट्रोल खन्याएर आगो लगाए ।

एकैछिनमा आगो दन्किन थाल्यो । त्यसपछि प्रहरीले पुतला खोज्दै आगो निभाउन थाले । झट्ट हेर्दा शव यात्रा र अन्त्यष्टि लाग्ने यस्तो दृश्य चर्को असन्तुष्टिको अभिव्यक्तिमात्र थियो । आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्दै उनीहरूले विरोधको यस्तो शैली अपनाएका हुन्।

त्यसो त यसअघि पनि पटकपटक युवा संघले माधव नेपालको पुतला दहन गरिसकेको छ । आज प्रधानमन्त्री देउवाको पक्षमा भोट दिने सांसदविरुद्ध पनि उनीहरूले नाराजुलुस गरेका थिए ।