October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

ओली सरकारले गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री कार्कीले बताए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आजको निर्णयअनुसार अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ ।

सरकारले बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गृहमन्त्री बालकृष्ण खाँडलाई बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराएका थिए।