September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

देउवाले खोप केन्द्रको निरीक्षण गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने जानकारी गराइएको छ ।

जोन्सन एण्ड जोन्सननको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको श्रोतले जनाएको छ ।

Advertisement