October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

ओलीले विचरा राष्ट्रपतिलाई राम्रोसँग सुत्नपनि दिएनन्ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने नाममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताउनुभयो ।

Advertisement

विश्वासको मतको प्रस्तावको विषयमा उठेका प्रश्नहरुको जवाफ दिदै उहाँले भन्नुभयो, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो ।’

ओली संसद बैठकमा अनुपस्थित हुँदा असन्तुष्टि व्यक्त गर्दै उहाँले संसदमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली अनुपस्थित भएकोमा असन्तुष्टि जनाउनुभएको हो । ओलीले भाषणा गर्दा आफू हरेक बैठकमा आएको तर आफू प्रधानमन्त्री हुँदा ओली नआएको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभएको हो ।

प्रतिपक्ष दलको नेता अनिवार्य उपस्थित हुनुपर्नेमा उहाँ नआउनु दुखःद रहेको बताउँदै पूर्व सभामुख समेत रहनुभएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत संविधानको धारा ७६ को ५ को व्यख्या सुन्न चाहेको समेत बताउनुभएको हो ।

उहाँले आफू विपक्षीको आलोचना धेरै नगर्ने पक्षमा रहेको भन्दै भन्नुभयो, विपक्षीको धेरै आलोचना गर्न हुन्न भन्ने व्यक्ति हुँ, सत्तापक्षलाई विपक्षीले आलोचना गर्ने हो ।

ओलीले आफैले बहुमत नभएको कारण प्रधानमन्त्रीमा बस्न सक्दिन भन्ने तर, पछि फेरी राष्ट्रपतिलाई सुत्नै नदिई अंवैधानिक काम गर्न बाध्य पार्नुलाई हेर्दाखेरी नै केटाकेटी खेल जस्तो देखिएको बताउनुभयो ।

मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री भएको कारण उहाँलाई बाध्य भएर अविश्वासको प्रस्ताव राख्नुभएको समेत उहाँले बताउनुभयो । अविश्वास प्रस्ताव राखेपछि त्यसलाई छल्न नपाइने उहाँको भनाई छ ।

चुच्चे नक्साको विषयमा ओलीले एक्लै जस लिन खोजेको भन्दै उहाँले भन्नुभयो, चुच्चे नक्सा ओलीले एक्लै जारी गरेको होइन , सबैले साथ दिएको हो । सधै मैले गरे मैले गरेँ । राष्ट्रको लागि सबै एक हुन्छ, कसैले पनि विपक्षमा मत हालेन । यो विरलै होला नेपाल, राष्ट्रको लागि एकमत हुने ।

मधेस थारु, जनजातीका मुद्धाहरु पनि सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।