September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

ओली–नेपाल वार्ता सकियो, सहमति भएन

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ । वार्ता सकेर वरिष्ठ नेता वार्तास्थलबाट बाहिरिएका छन् । ओली र वरिष्ठ नेता नेपालसँगै मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका थिए ।

ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरेका थिए । मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी थिए ।

करिब साढे २ घण्टा भएको वार्तामा के भयो भन्ने विषयमा भने केही जानकारी दिइएको छैन। वार्ता स्थलबाट नेता नेपाल पहिला बाहिरिएका छन्। उनले पत्रकारहरुले वार्ताबारे राखेको जिज्ञाशामा कुनै जवाफ दिएनन्। नेता नेपालपछि बाहिरिएका प्रधानमन्त्री ओलीले पनि वार्ताबारे केही प्रतिक्रिया दिएनन्।

Advertisement