October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

फुट्ने भो जसपा

जनता समाजवादी पार्टी (जसपा) फुटने निस्चित जस्तो भएको छ। मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएसगै जसपा टुक्रिने भएको हो। लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए।

आयोगले दुबै पक्षका नेतालाई आज छलफलका लागि बोलाएको थियो।दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । उक्त छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनि त्यो सम्भावना नदेखिएकोले अलग हुन हस्ताक्षर गरिएको बताए।

‘अब हामी मिलेर जान सकेनौं, हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा सही गरेर आइसकियो,’ आयोग परिसरमा पत्रकारहरूसँग झाले भने, ‘उपेन्द्रजीबाट एकसाथ जान सकिँदैन भन्ने कुरा आयो।’आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

Advertisement