June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले आज साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन । सामान्यतया: सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ ।

बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन । यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् ।तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।

Advertisement