देउवा चढेको हलिकप्टर गोरखामा आकस्मिक अवतरण

देउवा चढेको हलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो । देउवा सो हेलिकप्टरमा काठमाडौंबाट पर्वत जाँदै थिए ।

गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिएका छन् ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares