बिना अनुमति हेलिकप्टर चढेर कालापत्थर पुगेका थिए भारतीय पत्रकार

बिना अनुमति हेलिकप्टर चढेर कालापत्थर पुगेका थिए भारतीय पत्रकार

काठमाडौं । भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी अनुमति बिना हेलिकप्टरमा कालापत्थर गएको पाइएको छ ।

१७ हजार फिटमाथि रहेको कालापत्थर क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ । त्यस क्षत्रमा हेलिकप्टर लैजाँदा अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।

सुधीर चढेको हेलिकप्टर भने बिना अनुमति त्यहाँ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पनि निकुञ्ज क्षेत्रमा भारतीय पत्रकार चढेको हेलिकप्टर अवतरणका लागि कुनै अनुमति नलिइएको जानकारी दिएका छन् ।

आचार्यका अनुसार सार्क मुलुकका नागरिक कालापत्थरमा पुग्दा प्रतिव्यक्ती १५०० रुपैयाँ शुल्क लिने गरिएको छ । यस्तै छायांकन गर्दा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ भने हेलिकप्टर अवतरण गर्दा तीन हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।

हेलिकप्टरमा कालापत्थर पुगेका चौधरीले सगरमाथामाथि भारतले दाबी गर्नुपर्ने अभिव्यक्ति दिँदै ‘माउन्ट एभरेस्टको सट्टा माउन्ट सिकदर’ बनाउने अभियान थाल्नुपर्ने बताए । कालापत्थर पुगेर सगरमाथाको नाम फेर्ने अभिव्यक्ति दिएसँगै उनको विरोध भइरहेको छ ।

जी न्युजको टिम प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएको थियो । सोही क्रममा उनीहरू हेलिकप्टर चढेर कालापत्थर पुगेका थिए ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •