धुँदाधुँदा धेरै डल्ला साबुन र स्याम्पु सकिए तर प्रचण्ड जस्ताको तस्तै : ओली

धुँदाधुँदा धेरै डल्ला साबुन र स्याम्पु सकिए तर प्रचण्ड जस्ताको तस्तै : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन।

सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’

साथै उनले माधवकुमार नेपाल कहिल्यै पनि पार्टीमा निर्वाचित नेता बन्न नसकेको टिप्पणी गरेका छन् । हारेपछि त्यही पद दावी गरेको आरोप पनि लगाए। जनसभालाई सम्बोधन गर्दै ओलीले १५ वर्षसम्म माधव नेपालले आफ्नो समर्थनमा पार्टी सन्चालन गरे पनि पार्टी कार्यकर्ताबाट निर्वाचित नभएको बताए ।

आमसभामा बोल्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भएको स्पष्ट पारे।‘सुगौली सन्धीपछि पनि हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भोगचलन गरेका हौं। ५८ वर्षदेखिे प्रयोग गर्न पाएका छैनौं। त्यसलाई संविधानमा समेटेका छौं,’ उनले भने।

उक्त भूमि सामेल गरेर नक्सा प्रकाशन गरिएको र ‘उक्त भूमि समावेश गरी नक्सा छापियो अनि यही प्रदेशका केहीलाई टाउको दुख्यो र अहिलेको यो असहज स्थिति सिर्जना भयो,’ उनले भने।

प्रचण्डसँगको पार्टी एकताका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले जसरी लाटोकोशेरो झलल घाम लागेको बेला टिक्दैन। त्यसरीनै अध्यारोमा हिँड्ने, अध्यारोमा उड्ने, अध्यारोमा चर्ने बानी गरेका घाम लागेपछि टिक्न नसक्ने कटाक्ष् गरे।

उनले प्रचण्डलाई पार्टीमा राख्न धेरै पहल गरेको बताए। ‘काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएँको थिएँ। तर धैरै स्याम्पु सिद्धिए, धेरै ड्रम पानी सिद्धिए, धेरै डल्ला साबुन सकिए। उहाँ जस्ताको तस्तै’, उनले भने, जतिनै गरे पनि उहाँको बानी, उद्धेश्य, विचार, प्रवृत्ति र मति जस्ताको तस्तै भयो, उहाँ टिक्न सक्नुभएन।’

Facebook Comments Box
Share This
  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares