प्रधानमन्त्रीको कार्यशैली सुधार्न मैले धेरै कोशिस गरेँ, तर सकिन : वामदेव गौतम

प्रधानमन्त्रीको कार्यशैली सुधार्न मैले धेरै कोशिस गरेँ, तर सकिन : वामदेव गौतम

काठमाडौँ– नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टीमा देखिएको समस्या प्रधानमन्त्री कारण सिर्जना भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विषय समय लिएर बोल्दै नेता गौतमले भने, ‘पार्टीको सचिवालयको सदस्यको नाताले मैले नेताको कार्यशैलीका विषयमा धेरै विषय उठाए । कार्यशैली सुधार गर्न मैले धेरै कोशिस गरेँ । तर सकिन । गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताएका छन् ।

राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक बिहीबारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको बताए । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ । उनले भने प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा अहिलेको अबस्थामा आएको उनको भनाइ छ ।

गौतमले नेकपा राजनीतिक रुपमा दुई खेमा भएपनि कानुनी रुपमा के हुन्छ भन्न नसकिने उल्लेख गरे । उनले एकतापछि बनेको नेकपाको विपक्षमा ऋषि कट्टेलले हालेको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताउँदै यदि सर्वोच्चले यो पार्टीलाई खारेज गरिदियो भने के होला भनेर प्रश्न गरे ?

उनले भने– ‘निर्णय ऋषि कट्टेलको पक्षमा गयो भने नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्भवत एउटा पक्ष नेकपा एमाले हुने होला एउटा पक्ष माओवादी केन्द्र बन्ने होला । त्यस्तो भयो भने के होला भन्ने एउटा अवस्था यहाँ छँदै छ ।’ उनले जुनसुकै पार्टीमा पनि अन्तरविरोध हुने बताउँदै त्यसलाई मिलाएर जान सक्ने मात्र नेता हुने बताए । अन्तरविरोध समाधान गर्न नसकेर आफु खुसी गर्नु मुर्खतापूर्ण कुरा भएको उनले बताए ।

उनले भने– ‘पार्टीभित्र अन्तरबिरोध हुँदैन भनेर कसैले कल्पना गर्छ भने त्यो जत्तिको मूर्खतापूर्ण निष्कर्ष अरु हुन सक्दैन् । पार्टीको जीवन अन्तरपार्टी संर्घषमा हुन्छ । वादविवादमा हुन्छ, त्यसबाट निश्कर्ष निस्कन्छ । त्यसपछि फेरि अर्को अन्तरविरोध सुरु हुन्छ । अन्तरपार्टी संघर्षबाट कम्युनिष्ट मात्र हैन कुनैपनि पार्टी मुक्त हुन सक्दैनन् । नेता त्यो हुन्छ जसले ती समस्याहरुको समाधान गर्छ ।’

उनले दुबै पक्षमा गल्ति कमजोरी देखेको बताउँदै लामो समयदेखि आफूले एकता गराउन खोजेको भन्दै फेरि पनि एकता गराउन लागिरहेको जानकारी दिए । उनले एक्लै एकता गराउन सकिँदैन भने संगठनात्मक प्रणाली बनाएर भएर पनि एकता गराउने पक्षमा लाग्ने योजनामा रहेको उल्लेख गरे । पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम संवैधानिक वा असंवैधानिक भन्नेबारे अदालतमा मुद्दा रहेको भन्दै गौतमले केही बोल्न चाहेनन्।पुस ५ पछि नेकपा दुई समूहमा क्रियाशील छ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares