दिउँसै लालटिन बालेर विद्यार्थीद्वारा प्रदर्शन, सबै मन्त्रीलाई कालो मोसो लगाउने चेतावनी

दिउँसै लालटिन बालेर विद्यार्थीद्वारा प्रदर्शन, सबै मन्त्रीलाई कालो मोसो लगाउने चेतावनी

काठमाडौ । प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छ। माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर उनिहरुले प्रदर्शन गरेका हुन।

विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ! असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका स-संयोजक रन्जित तामाङले प्रधानमन्त्री ओलीले गरेको असबैधानिक “कु” को कदम न सच्याए कामचलाउ प्रधानमन्त्री र मन्त्रीलाई कालो झन्डा मात्र होइन, कालो मोसो दल्ने चेतावनी दिएका छन ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।

मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियूले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउने देखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन लगायत उनीहरूले बयलगाडा पनि प्रदर्शन गर्ने बताएका छन्।

Facebook Comments Box
Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares