अदालतले  प्रतिनिधिसभा पुनर्स्थापित गराउनु पर्छ: रामचन्द्र पौडेल

अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनु पर्छ: रामचन्द्र पौडेल

कञ्चनपुर, २१ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्ने बताएका छन्।


अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको भन्दै उनले आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न मिल्ने तर्क गरेका छन्।पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका छन् ।

वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताए ।पौडेलले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो ।

यसले देशमा अनर्थ भयो ।’उनले अघि भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरिएको पौडेलको भनाइ छ।

‘अब न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनर्स्थापना हुन्छ भने आशा छ,’ उनले भने, ‘संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ।’संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।

‘लोकतन्त्रको लडाई लड्दा लड्दा चेतिसकेकाले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार राखेका छैनौं । आवश्यक पर्छ भने अदालतमा गएर बहस गर्न पनि तयार छौं’ उनले भने ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares