प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडाैंमा जसपाको प्रदर्शन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमविरुद्ध जनता समाज पार्टी (जसपा)ले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै जसपाले त्यसलाई खारेज गर्ने मागसहित प्रदर्शन गरेको हो ।
रत्नपार्क शान्तीबाटिकाबाट शुरु भएको विरोध जुलुस पुतलिसडक हुँदै पुनः शान्तीबाटिकामै पुगेर कोणसभामा परिणत हुने जसपाले जानकारी दिएको छ ।
कोणसभालाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।