वैदेशिक रोजगारीमा रहेका तीन महिलासहित २५ कोमामा

वैदेशिक रोजगारीमा रहेका तीन महिलासहित २५ कोमामा

काठमाडौँ । जीवन्स्तर सुद्रिढ गर्नका लागि खाडी लगायत बिभिन्न मुलुक पुगेका तीन महिलासहित २५ जना कोमामा विदेशमै रहेका वैदेशिक रोजगार बोर्डले जनाएको छ । उनीहरुलाई नेपाल ल्याउन सरकारले कार्यविधि बनाइ पहल गर्दा समेत सकिएको देखिन्न ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४र४, र ओमान, यूएई, जापानमा १र१ जना कामदार कोमामा परेका छन् ।

कार्यस्थलमा दुर्घटनामा परी कोमामा पुग्ने गरेको बताए । त्यस्ता नेपाली फर्काउन गृहकार्य भए पनि प्राविधिक कारणले समस्या भएको बोर्डका उपसचिव दीनबन्धु सुवेदी बताउँछन् । दैनिक लगभग १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जान्छन् ।

कोरोना भाइरस महामारीले केही प्रभावित भए पनि जाने क्रम रोकिएको छैन । तर, धन कमाएर सुखसयलमा जीवन बिताउने सपना साँचेर बिदेसिने नेपालीमध्ये दैनिक तीन जना शव बनेर बाकसमा फर्किन्छन् भने कतिपय अंगभंग भएर आफ्नो देश फर्कन वाध्य छन् ।

वैदेशिक रोजगारीका क्रममा कोही नेपाली अंगभंग तथा मृत्यु भए बोर्डले कोषबाट ७ लाख रुपैयाँ सहायता दिन्छ । तर, गैरकानुनी हैसियतमा रहेका, अवैध बाटोबाट विदेश गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरूको हकमा भने लागू नहुने बताइएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारीमा रहेका कामदार अंगभंग भई काम गर्न बाध्य हुने गरेको बताए । ‘कतिपय कामदार कोमामा छन्’, संघको वैदेशिक रोजगार तथा कल्याणकारिणी समितिका संयोजकसमेत रहेका उपाध्यक्ष डा. केसीले भने, ‘उनीहरूलाई फर्काउन पहल गर्नुपर्छ ।’

कोरोना महामारीका बेला रोजगार गुमाई अलपत्र परेका नेपालीलाई उद्धार गर्ने, राहत दिने, फर्काउन पहल गर्नेलगायत काम संघले गर्दै आएको उनी बताउँछन् । यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा रहेको छ ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares