कांग्रेस भित्रै आपसी अन्योल

कांग्रेस भित्रै आपसी अन्योल

काठमाडौं । नेकपा भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस भित्रै अन्योल देखिएको छ ।

पार्टीको भूमिका तय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र वाग्मती प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए तर  निष्कर्ष निस्केन ।

देउवासहित संस्थापन पक्ष प्रदेशहरूमा देखिएको सत्ता संकटको समाधान स्थानीय आवश्यकता हेरेर प्रदेशकै पार्टी संयन्त्रलाई निर्णय गर्न दिने पक्षमा देखिएको छ । अर्का पक्ष भने प्रदेश समिति नभएकाले केन्द्रले नै सत्ता साझेदारीबारे नीति बनाउनुपर्नेमा जोड दिन्छन् ।

सो छलफलमा सभापति देउवाले जुन पक्षले कांग्रेसलाई मुख्यमन्त्री बनाउन सहयोग गर्छ उसैसँग मिलेर अघि बढ्ने बताए, जसलाई अर्का पक्षले अस्वीकार गरेको छ । अर्का पक्षले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पार्टी सडकमा उत्रिएका बेला प्रदेशमा ओली समूहसँग मिलेर सरकार गठन गरी अघि बढ्न नसकिने तर्क गरेको छ ।

देउवाले समग्र रूपमा पार्टीको हित हुने गरी सोच्न आग्रह गरे पनि नेता रामचन्द्र पौडेलसहितका नेताले सभापतिसँग असहमति जनाएका हुन् । वाग्मती प्रदेशका संसदीय दलका नेतासहित अन्य नेतासँग समेत छलफल गरेर अघि बढ्ने निर्णय भएको जनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share