पाँच सय कामदार दुई महिनाभित्र इजरायल पठाइने

पाँच सय कामदार दुई महिनाभित्र इजरायल पठाइने

काठमाडौ  । इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायलका परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच असोज १४ गते इजरायली नागरिक सरहको सेवा सुविधा दिने गरी श्रम सम्झौता भएको थियो ।

उक्त सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ । कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नेछन्।

नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालका अनुसार प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई साताबाट श्रमिक छनोट सुरु हुने र डेढ/दुई महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुनेछ ।

प्रक्रियाबाट इजरायल गएकाले आ–आफ्नो क्षेत्रमा के कस्तो इमानदारी देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्ने उनको भनाइ छ । नेपालबाट इजरायल सरकारले केयर गिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली श्रमिक लैजाने सहमती भएको थियो ।

यसरी सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने विश्वाश गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share