नदीमा पानी घट्दै, जलविद्युत् आयोजनाहरूको अर्बौं लगानी खेर जाने जोखिम

नदीमा पानी घट्दै, जलविद्युत् आयोजनाहरूको अर्बौं लगानी खेर जाने जोखिम

काठमाडौं । हाल नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको अवस्था छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयोजनाहरू प्रभावित हुने देखिन्छ । हालसम्म भएको र हुने अर्बौं लगानी खेर जाने जोखिम अत्यधिक बढेको छ ।

पानीको बहाव मापनको आधार कोशी, नारायणी र कर्णाली नदीलाई मानिएको छ । यी बेसिनमा गरिएको बहाव मापनले गत वर्ष नदीमा पानीको मात्रा २६ वर्षयताकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

दस वर्षयता पानीको बहावमा ठूलो कमी आएको विभागको निष्कर्षमा विद्युत् प्राधिकरण पनि पुगेको छ । केही वर्षअघिदेखि पानी निरन्तर घट्दै गएको र तीन वर्षयता भने अत्यधिक घटेको विभागका हाइड्रोलोजिस्ट इन्जिनियर लेखनाथ बगालेको भनाइ छ ।

नारायणी बेसिन अन्र्तगतको कालिगण्डकीमा २६ वर्षअघि ३५ हजार घनमिटर प्रतिसेकेन्ड रहेको पानीको बहाव गत वर्ष ९ हजारमाा झरेको छ । त्यस्तै, कास्की जिल्लाको मादी खोलाको पानी ६ वर्षयता २१ सय घनमिटरले घटेको उल्लेख छ ।

मादी खोलाबाट विभिन्न कम्पनीले करिब ८० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । विद्युत् प्राधिकरणले मादीको विद्युत् खरिदका लागि पीपीएसमेत गरिसकेको छ । तर पानीको मात्रा र बहावमा आएको ठूलो कमीका कारण मादी मात्र नभई अन्य जलविद्युत् आयोजनाहरू समेत प्रभावित भई संकटोन्मुख देखिन्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा रहेको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share