६ महीना भित्रमा लगभग ७२ हजार नेपाली खाडी मुलुक गए

६ महीना भित्रमा लगभग ७२ हजार नेपाली खाडी मुलुक गए

काठमाडौं । कोभिड-१९ महामारीका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो ।

जसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएका छ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि यो अवस्था आएको हो । विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् ।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

यसैगरी ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएका हुन् । नेपालमा रोजगारका सम्बन्धमा सरकारबाट विशेष रणनिती नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य हुनु परेको वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम न्यौपाने बताउँछन् ।

न्यौपाने भन्छन्, “कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही हुन सकेन ।”
मुलुकमा राजनीतिक अस्थिरता देखिएका कारण सरकारबाट रोजगारी सृजनाका ठोस कार्यक्रम आउन सक्ने अवस्था छैन । त

तथ्यांकअनुसार पछिल्ला महीनाहरूमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो क्रममा रहेको छ । चालू आवको पहिलो महीना अर्थात् साउनमा मात्र ३ हजारको हाराहारीमा नेपाली कामदार विदेशिएका थिए । चालू आवको छैटौं महीना पुसमा मात्र १४ हजार ७५३ जना नेपाली कामदार विदेशिएका छन् ।

कोरोनाको जोखिमका बीच पनि वैदेशिक रोजगारी खुल्न थालेपछि विदेशिने कामदारको संख्या बढ्न थालेको विभागले उल्लेख गरेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share