उद्योगलाई विद्युत् डिमाण्ड शुल्क छूट सोमवारदेखि हुने

उद्योगलाई विद्युत् डिमाण्ड शुल्क छूट सोमवारदेखि हुने

काठमाडौं । उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभरको विद्युत् डिमाण्ड शुल्क छूट सोमवारदेखि कार्यान्वयन हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले माघ ५ गतेदेखि उक्त छूट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरू लाभान्वित हुने र कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने जनाएका छन् । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लिखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छूट दिने सहमति भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोरोनाका कारण प्रभावित उत्पादनमूलक उद्योगलाई बन्दाबन्दी अवधिभर विद्युत् डिमाण्ड शुल्क छूट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छूट दिने उल्लेख छ । यो खबर आर्थिक अभियान दैनिकमा रहेको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share