जनताको निराशा हटाउन ताजा जनादेशमा जानै पर्ने: ईश्वर पोखरेल

जनताको निराशा हटाउन ताजा जनादेशमा जानै पर्ने: ईश्वर पोखरेल

बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजेको धारणा व्यक्त गरेका छन् । नेकपा जिल्ला कमिटी बाराद्वारा सोमबार कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधान कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा सो षडयन्त्रविरुद्ध आफूहरू जनतासमक्ष जान तयार भएको बताए ।

कार्यक्रममा उनले भने, “ओली सरकारले नयाँ नेतृत्व ल्याउन खोजेपछि नेकपाका केही नेतालाई पाच्य भएको छैन् ।” उनले महामारीका कारण सीमा आसपासका जनता निराश बनेको चर्चा गर्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर बाराको मटिअर्वा र सिम्रौनगढको नाका खोल्ने बताए ।

निर्वाचनमा जान अब कसैले रोक्न नसक्ने दाबी गर्दै सहरी विकासमन्त्री प्रभु साहले निर्वाचनको तयारीमा जुट्न आह्वान गरे । कार्यक्रममा नेकपा प्रदेश २ का इन्चार्ज एवं नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेकपाका केही नेताले आफ्नो स्वार्थ र पदका लागि नेपाललाई असफल राष्ट्र बनाउन खोजेको बताए ।

सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सभा सदस्य ज्वालाकुमारी साह, त्रिलोकी चौधरी, महम्मद समीरलगायतका नेताको सहभागीता रहेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •