June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

कहिल्यै नभोगेको पुषको गर्मी

काठमाडौँ । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको थियो भने शनिबारको तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि गर्मी अनुभव गर्न थालिएको छ ।

Advertisement

सौर्य विकिरण भइरहेको छ अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले बताउँछन् । दिन लम्बिदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ ।

प्रदूषण बढ्यो भने पनि अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि गर्मी हुन्छ । गएको सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधरणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरेले गर्मी महसुस गरेका छन् ।

राजधानीसहित देशका विभिन्न भागमा गत साता वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रममा गिरावट आए पनि न्यूनतम तापक्रम बढेको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा रहेको छ ।