न्यायालयलाई हण्डीबाट चलेका बिकाउ व्यक्तिले केही गर्न सक्दैनन्: प्रम ओली

न्यायालयलाई हण्डीबाट चलेका बिकाउ व्यक्तिले केही गर्न सक्दैनन्: प्रम ओली

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित सर्वोच्च अदालतलाई धम्की दिने र प्रभावित गर्न खोज्नु लोकतन्त्र विरोधी कार्य भएकाले त्यस्तो कार्य अस्वीकार्य हुने भनेका छन् । “संघीय लोकतान्त्रिक गणतन्त्रमा अदालतमाथि कसैले पनि कुनै प्रकारको धम्की दिन सक्दैन ।” ओलीले भनेका छन् ।

यसैगरी ओलीले चार जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको बताउँदै अदालतलाई धम्क्याएर सडकबाट फैसला दिन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने भनेका छन् । उनले भने, “हण्डीबाट चलेका बिकाउ व्यक्तिले दिने अभिव्यक्तिले खासै अर्थ नराख्ने र त्यस्तो प्रवृत्तिको सबैले विरोध गर्नुपर्छ र हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन ।”

संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु (अति जान्ने सुन्ने )हरूले अरू इजलास माग गर्न थालेको र त्यस्तो माग संविधान र कानुनविपरीत भएको ओलीको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares