मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने तयारी

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने तयारी

पुस १२ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आफुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले शनिबार साँझ आङ्बोलाई पदमुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६९ को ९२० ९ख बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताएका छन् । आङ्बो साविक माओवादी नेता हुन् भने अहिले दाहाल–नेपाल समूहमा रहेको जनाइएको छ ।

मुख्यमन्त्री भने केपी शर्मा ओली समूहमा छन् । नेकपा विभाजन भएसँगै समूह नमिलेपछि आङ्बोलाई राईले पदमुक्त गरेका हुन् । “एक दिन पर्खिएको भए म आफैं राजीनामा दिने तयारीमा थिएँ, “जे भयो, ठीकै भयो । अब अविश्वासको प्रस्तावमा प्रस्तावक समर्थक बन्न पाउने भएँ ।” आङ्बोले भने ।

आजै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताइएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको नेकपा दाहाल– नेपाल समूहका स्थायी समिति सदस्य तथा प्रदेश १ का सांसद भीम आचार्यले जानकारी दिए । आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता हुने बुझिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि प्रदेश १ मा प्रचण्ड–नेपाल निकट सबै मन्त्रीले आइतबार नै राजीनामा दिने तयारीमा छन् ।

१ नं. प्रदेशसभामा ९३ सदस्य छन्, त्यसमा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र दाहाल–नेपाल समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सदस्य रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares