कोरोनाको भ्याक्सिन खरिदका लागि सरकारले माग्यो आर्थिक सहयोग

कोरोनाको भ्याक्सिन खरिदका लागि सरकारले माग्यो आर्थिक सहयोग

काठमाडौं । कोरोनाभाइरस विरूद्धको भ्याक्सिन खरिदका लागि सरकारले आर्थिक सहयोग माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन खरिदका लागि रकम आवश्यक भएको भन्दै सूचना जारी गरेर आर्थिक सहयोग माग गरेको हो ।

‘मन्त्रिपरिषद्को २४ कात्तिकको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको सूचनामा उल्लेख छ ।

मन्त्रालयले रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरेको छ ।

सहयोगको लागि मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई आह्वान गरेको छ ।

कोषमा रकम जम्मा गर्ने दाताहरूसँग समन्वय र सहकार्य गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा हुने सूचनामा उल्लेख छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •