बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरको हवाई उडान रद्द

बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरको हवाई उडान रद्द

काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीनवटा विमानस्थलको उडान रद्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव नभएको हो ।

यी विमानस्थलको उडान रद्द भएपछि डोमेस्टिक टर्मिनलमा निकै भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित २८ वटा उडान रद्द भएका छन् । श्री र यति एयरले पनि उडान गर्न असमर्थ रहे ।

विमानस्थल कार्यालयका अनुसार आज तराईका अधिकांश विमानस्थलमा हुस्सुका कारण उडान प्रभावित बने । तर, अन्य विमानस्थलमा भने उडान रोकिएन् ।

अन्तर्राष्ट्रिय उडानहरु भने आज नियमित छन् । नेपालमा आन्तरिक उडान संख्यात्मक रुपमा कोरोनाकाल भन्दा अगासडि कै अवस्थामा पुगिसकेको छ ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares