प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन् ।

आज दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

पुस १७ गतेबाट शुरु भएको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पहिलो पटक आज जाँदैछन् । बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । यद्यपि त्यसलाई निर्वाचन आयोगले वैधता दिइसकेको छैन ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •