प्रधानमन्त्री ओली धनगढीमा, प्रचण्ड-माधव पक्षका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन

प्रधानमन्त्री ओली धनगढीमा, प्रचण्ड-माधव पक्षका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन

धनगढी । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी पुगेका छन्। काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।पार्टी विभाजनपछि पहिलोपटक काठमाडौं बाहिर निस्केका प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुग्दा सडकमा प्रचण्ड र प्रचण्ड-माधव नेपाल पक्षका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताएका छन। ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको थियो भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। धनगढी विमानस्थलमा उत्रिदा प्रधानमन्त्रीलाई संघीय सरकारका चार मन्त्री सहित नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा सहित कार्यकर्ताले स्वागत गरेका थिए ।नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई केहीबेरमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •