प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ जारी,बहस सुन्न बारमा भिडियो हेर्ने व्यवस्था

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ जारी,बहस सुन्न बारमा भिडियो हेर्ने व्यवस्था

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ जारी छ।

विघटनविरुद्धको मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।सुनुवाइका लागि सबै न्यायाधीशहरू इजलासमा उपस्थित भइसकेका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका छन्। इजलास कक्ष सानो भएको र कोभिडको डरका कारण बहस सुन्नका लागि अदालत परिसरमा माइकको व्यवस्था गरिएको छ भने नेपाल बार एशोसियसनको हलमा भिडियोबाट सुनुवाई हेर्ने व्यवस्था समेत मिलाइएको छ ।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका छन्।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •