प्रधानमन्त्रीको संसद विघटनको कदम अग्रगामी, प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन

प्रधानमन्त्रीको संसद विघटनको कदम अग्रगामी, प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन

कर्णाली ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र चुनाव घोषणा देशलाई पुनः स्थायित्व दिने प्रयास भएको खानेपानी मन्त्री मणिचन्द्र थापाले बताएका छन्।

जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा पत्रकारसँग कुरा गर्दै उनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए ।

देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनमाझ चुनावमा जानुका विकल्प अब नरहेको बताए। ‘हामी मात्र होइन जनतामाझ चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘राजनीति शास्त्रको सिद्धान्त अनुसार सरकार वा प्रणाली संकटमा पर्‍यो भने जनतामाझ जानुपर्छ, अहिले हाम्रो सरकारले चालेको कदम अग्रगामी हो।

नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर सङ्कटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना कायमै रहेको धारणा राखे। नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका खानेपानीमन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता/कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए ।

प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, “अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन ।” प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद विघटन गर्दा प्रचण्ड–नेपाल समूहका केही मन्त्रीहरूले राजीनामा दिएपछि विस्तार गरिएको मन्त्रिपरिषदमा थापाले खानेपानी मन्त्रीको जिम्मेवार पाएका छन्।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •