ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे :   मुख्यमन्त्री पोखरेल

ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे : मुख्यमन्त्री पोखरेल

चितवन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।

ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए । प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बताए। ‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए। जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिदै भने प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी पनि गरे।

प्रचण्ड र माधव नेपालभन्दा ओलीको राजनीतिक उचाइ अग्लो रहेको बताउँदै पोखरेलले भने, ‘अहिले पनि नेपाली जनताको बीचमा तपाईंहरु भन्दा अग्लो हैसियतमा हुनुहुन्छ ।’नेकपा विभाजनको प्रमुख कारण प्रचण्डले पेस गरेको आरोपपत्र नै भएको उनले बताए । ‘तपाईंलाई इतिहासले कहिल्यै माफी गर्ने छैन’, पोखरेलले भने ।

प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा चितवन पनि छाड्ने दाबी गरे।उनले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दाबी गरे। ‘यद्यपि हामी अदालतको निर्णयको सम्मान गर्छौं,’ उनले भने।उनले निर्वाचन आयोगमा केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको बताए। भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •