दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ ।

बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको
हो।

बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ।घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् । अध्यक्ष नेपालको अध्यक्षतामा जारी बैठक आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको नेता बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल भइरहेको उनले बताए ।संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •