ओलीको गर्जन :संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ?

ओलीको गर्जन :संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् ।

आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् ।उल्टै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो भनी प्रश्न सोधे।

‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भइरहेका छन्, कहाँबाट आयो यो? निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसके,’ उनले भने।प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने तर्क गरे । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।

उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए ।उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए ।ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताए।

उनले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गरे । ओलीले आफूले नेतृत्व गर्न पाइराख्यो भने देश सर्लक्कै देश खायो भनेर केही मान्छेलाई भत्भती पोलिरहेको समेत बताउदै अर्का अध्यक्ष प्रचण्ड र नेपालतर्फ लक्षित गर्दै उनले भने ‘मैले केही वर्षअघि भनेको थिएँ ? गोरु नांगै देख्दा मलाई लाज हुँदैन।

मानवीय सभ्यता र मर्यादा ख्याल गर्दा हुन्थ्यो। देख्नेहरूलाई धेरै लाजभइसक्ययो उहाँहरूका कृत्यले।’अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप समेत लगाए।‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो ।’ उनले भने।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares