प्रचण्ड–माधव नेतृत्वको नेकपाले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

प्रचण्ड–माधव नेतृत्वको नेकपाले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आन्दोलनका थप कार्यक्रम घोषणा गर्न मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठकले ‘ओली प्रतिगमन’विरुद्ध थप सशक्त कार्यक्रम तय गर्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् ।

४४ सदस्यीय नेकपा स्थायी कमिटीमा पार्टी विभाजनपछि उपाध्यक्ष बामदेव गौतम बाहेक प्रचण्ड माधव नेपाल पक्षमा २७ जना स्थायी कमिटी सदस्य छन् भने केपी ओलीको पक्षमा १६ जना स्थायी कमिटी सदस्य छन् ।


कार्की पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले महासचिव चयन लगायत नेताहरुको कार्यविभाजन र कमिटी पुनर्गठनको जिम्मा पनि स्थायी कमिटीलाई नै दिएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares