बढुवाको खुशीमा डिआइजीले बाँडेको मिठाइमा मान्छेको नङ भेटिएपछि…

बढुवाको खुशीमा डिआइजीले बाँडेको मिठाइमा मान्छेको नङ भेटिएपछि…

काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए ।

बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीस्थित आँगन स्वीट्समा गएर मिठाइ किने र बाँड्न थाले । तर, एउटा मिठाइमा भने मान्छेको नङ फेला पर्यो ।

उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई खबर गरेका थिए । सिंहले तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा हाने ।

घटनामा मिठाइ पसल सञ्चालक प्रकाश डोटेल पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिएका छन् ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares