संसद विघटन भएको छैन ,विघटन भएको ओलीको सरकार हो :प्रचण्ड

संसद विघटन भएको छैन ,विघटन भएको ओलीको सरकार हो :प्रचण्ड

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

, उनले भने ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको समेत उहाँले दावी गर्नुभयो । त्यसको विरोधमा आफूहरु सडकमा आएको भन्दै प्रचण्डले भने , ‘केपीजीलाई धन्यवाद । तपाईले हामीले जनतामा जाने मुद्दा दिनुभयो । संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो । अर्को चुनाव हामी जित्छौं ।’

उनले भने -कतिपयले म, कमरेड माधव नेपाल सडकमा उत्रिएको त, लौ यिनीहरु त सडकमा पुगे भनेर ठट्टा गरेको पाए, म के भन्छु भने हामी सडकमा गएको होइन जनताबीच गएका हौँ ।अध्यक्ष प्रचण्डले यो संसदमाथि र सांसदमाथिको अधिकारमाथिको मात्र प्रहार नभएर आम जनताको अधिकारमाथि पनि प्रहार भएको दावी गरे ।

प्रचण्डले केपी ओलीले निर्मम रुपमा संबिधानमाथि प्रहार गरेको आरोप लगाउदै संसद विघटन नभएको तर विघटन भएको ओलीको सरकार भएको बताय । उहाले ओली विघटित भएको भन्दै संसदको हत्या नभएको भन्दै सम्मानित अदालतले यो संबिधानमा प्रष्टसँग लेखिएको विषयलाई राम्रोसँग बुझ्ने छ र संसद सुचारु गर्ने आदेश छिटै आउने विश्वास समेत ब्यक्त गरे ।

उनले कुनै एउटा प्रधानमन्त्रीलाई सनक चढ्यो भने विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्न दिनुहुँदैन भनेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको खोसेको भन्दै त्यसबेला सबै राजनीतिक दलहरुबीच छलफल गरेर नै त्यस्तो व्यवस्था गरिएको स्मरण गरे ।

‘संविधान बनाउने बेलामा हामी संविधानसभाका दलहरुले छलफल गरेर नै त्यो व्यवस्था नराखेका हौ । तर अहिले बडो निर्मम ढंगले संविधानको कू गरियो’, प्रचण्डको भनाई छ । उनले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको बताए ।

‘संविधानले दिँदै नदिएको र हुँदै नभएको कुरा प्रयोग गरेकाले सदन विघटन भएको होइन, जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो’, प्रचण्डले भने, ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ ।

छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु ।’ तर प्रचण्डले केपी ओली जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हकअधिकारमाथि प्रहार गरेको भन्दै त्यो सैह्य हुन नसक्ने बताए ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares